२०८२ फाल्गुन १९ गते मंगलवार

धोबीनी गाउँपालिका–३ का स्थानीय युवाले बजेट तथा खर्च माग गर्दै निवेदन पेस

पर्सा । धोबीनी गाउँपालिका–३ हरिहरपुरका स्थानीय युवाहरूले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को बजेट तथा खर्च विवरण माग गर्दै गाउँपालिकामा निवेदन पेस गरेका छन्।

Advertiesment

सलमान अहमदको नेतृत्वमा स्थानीय युवाहरूको टोलीले वडा कार्यालयमा पुगेर सार्वजनिक रकमको पारदर्शिता र खर्च विवरण सार्वजनिक गर्न माग गर्दै औपचारिक रूपमा निवेदन दर्ता गरेको हो।

निवेदनमा उल्लेख गरिएको छ कि, विगत दुई आर्थिक वर्षमा गाउँमा शिक्षा, सडक, खानेपानी, स्वास्थ्यलगायत क्षेत्रमा गरिएको खर्चबारे नागरिकलाई जानकारी नदिइएको र त्यसको स्पष्ट विवरण माग गरिएको छ।

Advertisement

स्थानीय युवाहरूले गाउँ विकासका कार्यक्रमहरू पारदर्शी र जवाफदेही बनाउन गाउँपालिकालाई ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM