झापा दमक । संविधान जोगाउन र विघटित संसद पुनःस्थापनाको माग उठाउँदै नेकपा (एमाले)ले शनिबार झापाको दमकमा विशाल मोटरसाइकल र्याली निकालेको छ।
अविरल वर्षा परिरहे पनि र्यालीप्रति जनसंगठन, पार्टी कार्यकर्ता, युवा, महिला र स्थानीय बासिन्दाको उत्साह कमीकमजोर देखिएन। भिज्दै–भिज्दै सहभागीहरूको लामो लस्कर दमकका मुख्य सडकहरू परिक्रमा गरेको थियो।
एमाले दमक नगर कमिटीको संयोजनमा भएको यस प्रदर्शनमा पार्टीका २३ विभिन्न जनसंगठनहरूको उपस्थिति रहेको थियो। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक–५ मा रहेको गोरखा डिपार्टमेन्ट स्टोरबाट सुरु भएको र्याली सेतुमारी हाइवे, पखेटेचोक, आम्दा रोड, मदन डाँगी सडक र फागुनन्द चोक हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भयो।
बंगालको खाडीबाट बनेको मोन्था चक्रवातका कारण परेको लगातार वर्षा बावजुद सहभागिता उच्च रहेको आयोजकहरूले बताए।
कोणसभामा दमक नगर कमिटीका अध्यक्ष राम पौडेलले वर्तमान राजनीतिक अवस्थालाई देशकै स्थिरताको लागि जोखिमपूर्ण भन्दै संसद् पुनर्स्थापना नै सही दिशाको प्रारम्भिक कदम हुने धारणा राखे। उनका अनुसार, र्यालीले संविधान र लोकतान्त्रिक मूल्य पहरेदारी गर्ने जनभावनालाई प्रतिविम्बित गरेको छ।
एमाले कोशी प्रदेश कमिटी सदस्य सुशिल राईले हालको सुशीला कार्की नेतृत्वको सरकारले सुरक्षा व्यवस्था कमजोर पारेको आरोप लगाए। उनले कैदी फरार रहने, लुटिएका हतियार नफर्कनेजस्ता घटनाले शासन व्यवस्था कमजोर भएको देखिएको दाबी गरे।
उनले निष्पक्ष वातावरण तयार गरिए एमाले चुनावबाट नभाग्ने ठोकु
वा पनि गरे।









