२०८२ मंसिर २४ गते बुधबार

राष्ट्रिय बजरंग दल भिस्वाद्वारा १५१ घरपरिवारलाई साडी र छठ पूजाको सामग्री वितरण

दिपेन्द्र चौधरी सहनी

पर्सा। महान आस्था र श्रद्धाको पर्व छठ महापर्वको पावन अवसरमा राष्ट्रिय बजरंग दल छिपहरमाई गाउँपालिका इकाइ वडा नं. ५, भिस्वाद्वारा समाजसेवामूलक कार्यक्रम अन्तर्गत १५१ गरिब तथा असहाय परिवारहरूलाई साडी लगायत अर्घ सामग्री वितरण गरिएको छ।

कार्यक्रममा उपस्थित स्थानीय महिलाहरूले सहयोगले आफ्नो घरमा छठ पर्व उल्लासपूर्वक मनाउन सहज भएको बताएका थिए। दलका प्रतिनिधिहरूले भने —

“हाम्रो उद्देश्य समाजका सबै वर्गलाई धार्मिक र सांस्कृतिक पर्वमा समावेश गराउने हो। आर्थिक अवस्थाका कारण कसैले पनि छठ पर्व मनाउन वञ्चित हुन नपरोस् भन्ने हाम्रो भावना हो।”

त्यस अवसरमा दलका सदस्यहरूले थप जानकारी दिँदै भने —

“यदि कुनै परिवारलाई आर्थिक कारणले छठ पर्व गर्न कठिनाइ छ भने हामीलाई तुरुन्त सम्पर्क गर्नुहोस्।”
📞 सम्पर्क: ९८११२८५४३४

कार्यक्रममा वडा र गाउँपालिकाका अगुवा, समाजसेवी, स्थानीय युवाहरूको उल्लेख्य उपस्थिति थियो। दलका सदस्यहरूले आगामी दिनहरूमा अझ व्यापक रूपमा सामाजिक सहयोगका कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM