२०८२ मंसिर २४ गते बुधबार

धोबिनीमा सामुदायिक सहकार्यसहित छठीघाट सरसफाइ सम्पन्न

पर्सा। छठ पर्वलाई लक्षित गर्दै शनिवार बिहान करिब ६:३० बजे पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ स्थित छठीघाटमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

सामुदायिक प्रहरी सेवा साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा इलाका प्रहरी कार्यालय लङ्गडीको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय समुदाय, प्रहरी, सञ्चारकर्मी र समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।

नेता उमेश पटेल, धर्मेन्द्र पटेल,रामाशंकर पटेल, लक्ष्मीप्रसाद कुर्मी लगायतका अगुवाहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले घाट वरपरको फोहर संकलन र सरसफाइ गरे।

कार्यक्रमको उद्देश्य छठीघाटलाई सफा, सुन्दर र पवित्र राख्दै श्रद्धालुहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्नु रहेको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM