दिपेन्द्र चौधरी सहनी
जगरनाथपुर, पर्सा। छठ पर्व २०८२ को अवसरमा जगरनाथपुर गाउँपालिकाले स्थानीय सुरक्षा, धार्मिक र सांस्कृतिक मर्यादा कायम राख्न मद्यपान, मांसाहार, नशा पदार्थ र अन्य अस्वास्थ्यकर वस्तु उत्पादन, बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिँदै भने मिती २०८२/०७/०८ देखि कार्तिक १० गते सम्म यो प्रतिबन्ध लागु हुने छ। उनले थपे, “कसैले यस सूचना विपरीत कुनै पनि काम गरेमा सम्बन्धित कानुन अनुसार कारबाही हुनेछ।”
यो सूचना गाउँपालिकाका सबै सुरक्षा निकाय र स्थानीय प्रहरी कार्यालयहरूमा पनि पठाइएको छ।
सूचना प्राप्त हुने निकायहरू:
१. जिल्ला प्रशासन कार्यालय, पर्सा
२. जिल्ला प्रहरी कार्यालय, पर्सा
३. इलाका प्रहरी कार्यालय, पोखरिया
४. सशस्त्र प्रहरी, भिक्रमपुर
५. सशस्त्र प्रहरी, वेद पिडारी
६. इनरुवा प्रहरी कार्यालय, जानकीटोला
७. प्रहरी चौकी, पाण्डेपुर
८. प्रहरी चौकी, पिडारी









