पर्सा । वीरगन्ज महानगरपालिका–१७ अलौ क्षेत्रमा करिब १ किलो ९८५ ग्राम गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार, मिति २०८२ साल कात्तिक ६ गते बिहान करिब ८ः५० बजे, सप्रनाउ सुरज कुमार कार्कीको कमाण्डमा खटिएको पाँच जनाको गस्ती टोलीले प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ नजिक चेकजाँचका क्रममा उक्त गाँजा बरामद गरेको हो।
नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका वीरगन्ज–२६ अठराहा निवासी ७४ वर्षीय इस्लाम अन्सारीलाई चेकजाँच गर्दा उनको झोलाभित्र लुकाइएको अवस्थामा करिब १ किलो ९८५ ग्राम गाँजा फेला परेको प्रहरीको भनाइ छ।
बरामद गरिएको गाँजासहित अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान र कानूनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको प्रहरीले जनाएको छ।









