२०८२ मंसिर २४ गते बुधबार

पोखरिया अस्पताललाई प्रदेशीय अस्पतालका रूपमा सञ्चालन गराउन नेता समानीको पहल

दिपेन्द्र चौधरी सहनी ६ कात्र्तिक पोखरिया

मुख्यमन्त्री सोनलसँग राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव शमानी सहितको टोली मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनलसँग पोखरिया अस्पताललाई प्रदेशीय अस्पतालका रूपमा शीघ्र सञ्चालन गराउनका लागि भेटघाट तथा छलफल गरिएको बताएका हुन ।

सो अवसरमा जगतपुरस्थित स्वास्थ्य चौकी लगायत प्रदेश सरकारद्वारा निर्माण भइरहेका विभिन्न अधुरा आयोजना तत्काल पूरा गर्न आग्रह गरेका हुन। टोलीले विगतमा प्रदेश सरकारद्वारा विभिन्न जिल्लाहरूमा भौतिक निर्माणका काम सुरु गरिए पनि धेरैजसो परियोजना अधुरै अवस्थामा रहेको भन्दै गुनासो व्यक्त गरे ।

कतै भवनको छत ढलानपछि काम रोकिएको छ भने कतै सडक निर्माण अधुरो अवस्थामा छोडिएको उदाहरणहरू प्रस्तुत गरिएको थियो। राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव नेजामुद्दीन शमानीले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य, सिँचाइ र रोजगारीका क्षेत्रमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

उनले जनताले प्रत्यक्ष अनुभूति गर्नसक्ने किसिमले विकासका काम सम्पन्न गर्न सरकारसँग आग्रह गरे। छलफलमा अनिरुद्ध प्रसाद कलवार, राजेश साह, फहिम हवारी समाजसेवी सम्भु गुप्ता, प्रमोद सराफ, मंकेश्वर ठाकुर, र श्रीराम गिरी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM