२०८२ फाल्गुन १९ गते मंगलवार

एनसेल प्रयोगकर्ताहरू डाटा खरिदमा ठगिँदै

शैलेश गुप्ता, 

पोखरिया (पर्सा)।पर्साको पोखरिया नगरपालिका तथा आसपासका क्षेत्रका एनसेल प्रयोगकर्ताहरू पछिल्ला तीन महिनादेखि लगातार डाटा खरिदमा ठगिँदै आएको गुनासो गरेका छन्।

स्थानीयवासीका अनुसार, एनसेलको “सँधैअन डाटा प्याक” लगायत विभिन्न डाटा प्याक खरिद गर्दा रकम काटिए पनि इन्टरनेट नचल्ने समस्या बारम्बार आइरहेको छ। मोबाइलमा ४जी देखाए पनि इन्टरनेट सुचारु रूपमा नचल्ने समस्या व्यापक रहेको प्रयोगकर्ताहरूले बताएका छन्।

पटक–पटक एनसेल ग्राहक सेवा निर्देशनालय (९००५) मा सम्पर्क गर्दा पनि हालसम्म समस्याको समाधान हुन नसकेको उनीहरूको गुनासो छ।

त्यसैगरी, एनसेलबाट अन्य नेटवर्कमा वा अन्य नेटवर्कबाट एनसेलमा कल गर्दा कहिले फोन लाग्ने, कहिले नलाग्ने र कहिलेकाहीँ कल आफैं काटिने समस्या समेत देखिएको छ।

ग्राहकहरूको गुनासोका सम्बन्धमा बुझ्दा, एनसेल ग्राहक सेवा निर्देशनालयका प्रतिनिधिहरूले उक्त क्षेत्रमा एनसेल प्रयोगकर्ताको सङ्ख्या अत्यधिक भएको कारण समस्या उत्पन्न भएको बताउँदै चाँडै समाधान गरिने आश्वासन दिएका छन्। तर प्रयोगकर्ताहरूका अनुसार, समस्या अझै यथावत् छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM