२०८२ फाल्गुन २१ गते बिहीबार

छिपहरमाई गाउँपालिका–०३, जयमङ्लपुरमा भव्य दङ्गल प्रतियोगिता सम्पन्न

पर्सा। छिपहरमाई गाउँपालिका–०३, जयमङ्लपुरमा दिपावली (तिहार) को पावन अवसरमा वार्षिक दङ्गल (कुस्ती) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय युवा समूह तथा गाउँवासीको सक्रियतामा आयोजित उक्त कार्यक्रमले खेलकुदको विकास र सामाजिक एकताको सन्देश फैलाएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष श्री दिपेन्द्र सिंहज्यूले रिबन काटेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नु भएको थियो।कार्यक्रममा नेपाली कांग्रेसका नेता श्री नवीन सिंह,जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको समेत विशेष उपस्थिति रहेको थियो। साथै विभिन्न समुदायका अगुवाहरू, समाजसेवी, खेलप्रेमी युवा, तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

दङ्गल प्रतियोगितामा स्थानीय तथा छिमेकी क्षेत्रका पहलवानहरूबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। सहभागीहरूलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा बोल्दै अतिथिहरूले यस्ता खेलकुद प्रतियोगिताले युवाहरूलाई अनुशासन, स्वास्थ्य र सकारात्मक सोचतर्फ प्रेरित गर्ने बताएका थिए। साथै, आगामी दिनहरूमा अझ ठूलो स्तरमा दङ्गल प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।स्थानीय जनताको व्यापक समर्थन र सहयोगमा सम्पन्न यो कार्यक्रमले छिपहरमाईलाई खेलकुदको माध्यमबाट परिचित गराउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM