शैलेश गुप्ता
पोखरिया । नेपाल विधुत प्राधिकरण पोखरिया वितरण केन्द्रको टोली महान् चाडपर्व दिपावली र छठ पर्व का अवसरमा २४ घण्टा सेवा दिन तैनाथ गरिएको छ।
वितरण केन्द्रका प्रमुख बुद्धिनाथ झाका अनुसार, प्रादेशिक कार्यालय मधेश प्रदेश जनकपुरधामको निर्देशनमा पोखरिया वितरण केन्द्र अन्तर्गतका विभिन्न सेवा फाँटहरू निरन्तर रुपमा कार्यरत छन्।
पोखरिया नगरपालिकाको वडा नं. ४ मा रहेको वितरण केन्द्रबाट निम्न सेवा नम्बरहरू मार्फत ग्राहकहरूले सम्पर्क गर्न सक्नेछन् —
पोखरिया नो लाइट्स : ९८५५०३८६४९ / ०५१–५६०२५३
बहुअर्वा–भाठा फ्युज सेवा : ९८५५०३८६४७
सुवर्णपुर फ्युज सेवा : ९८५५०३८६४६
मर्मत तथा सब–स्टेशन (पोखरिया) : ०५१–५६०२२६
झाका अनुसार, “वितरण केन्द्रको टोली कार्यालयमै खान–बस्ने व्यवस्था गरेर ग्राहकको सेवामा पूर्ण रूपमा तैनाथ छ। २ मिनेटका लागि पनि कतै लाइन काट्न नपरोस् वा झिपझिप नहोस् भन्ने हाम्रो प्रयास छ,” उनले बताए।









