पर्सा । कालिकामाई गाउँपालिका–२ स्थित कालिकामाई युवा समाजले आज आफ्नो दोस्रो वार्षिकोत्सव विशेष रूपमा दलित बस्तीमा पुगेर मनाएको छ।
वि.सं. २०८० साल असोज २ गते जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको कालिकामाई युवा समाजले दुई वर्ष पूरा गर्दै आज तेस्रो वर्षमा प्रवेश गरेको हो। यस अवसरमा समाजले कालिकामाई गाउँपालिका–१ गोपालपुरका माझी समुदायका करिब ५० परिवारलाई लुगा, मैदा, चिनी, रिफाइन तेल, अगरबत्ती, सलाहीलगायत छठ पूजाको प्रसाद सामग्री वितरण गरेको छ।
समाजका अध्यक्ष आकाश चौरसियाका अनुसार संस्थाले सुरु देखि नै “स्वच्छ र समृद्ध समाज निर्माण” को अभियान अघि बढाइरहेको छ। उनले आर्थिक रूपमा कमजोर र असहाय परिवारलाई निरन्तर सहयोग गर्दै आएको बताउँदै भने,
“यो कार्यक्रम कुनै बाह्य सहयोगबिना, हाम्रो आफ्नै संस्थाका सदस्यहरूको निजी स्रोतबाट सम्पन्न गरिएको हो। हामी सबै सहयोगी हातहरूलाई धन्यवाद दिँदै दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दछौं।

कार्यक्रम समाजका अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. १ का अध्यक्ष लालबाबु प्रसाद चौरसिया प्रमुख अतिथि र वडा नं. २ का अध्यक्ष सोनालाल प्रसाद चौरसिया विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रमको सञ्चालन कालिका एकेडेमीका प्र.अ. लक्ष्मण ठाकुरले गरेका थिए।

दोस्रो वार्षिकोत्सवका अवसरमा साडी तथा छठ पूजाको सामग्री वितरण कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष आकाश केवट, उपाध्यक्ष भरत साह, सचिव विकाश पटेल, कोषाध्यक्ष बुलेट तिवारी, इलाका प्रहरी कार्यालय बिरञ्चिबर्वाका प्रहरी सहायक निरीक्षक जगमोहान साह कानु, संस्थापक सदस्यहरू राकेश सराफ, मोहन महतो, रमेश चौरसिया, चन्द्रशेखर पटेल, दिपेन्द्र गुप्ता, सुदिप चौरसिया, सदस्यहरू नितेश कुशवाहा, अशोक साह, यूराज पटेल, तिन्डोभिया युवा क्लबका अध्यक्ष कृष्ण पटेल, ने.वि.सं. अध्यक्ष राजेश कुशवाहा, प्रिन्स शर्मा लगायतका युवाहरूको सक्रिय उपस्थिति रहेको थियो।









