शैलेश गुप्ता १ कात्र्तिक पोखरिया
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरुको महान पर्व तिहार , शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन भएको छ ।
युवा कल्याण समाज समितीले अयोजना गरेको सरसफाई कायक्रममा समितीका अध्यक्ष नन्दकिसोर प्रसाद यादव उर्फ टाईसनको अध्यक्ष्तामा भएको सरसफाई कार्यक्रम सतवरियाको हरेक टोल टोलमा सरसफाई गरी कोण कभामा परिणत भएको थियो कोण सभामा वक्ताहरुले गाउँ र गाउँ हरेक टोलको विकास र समृद्धिकाको लागी सम्बन्धित स्थानिय सरकार , प्रदेस सरकार र सँघ सरकार सँग पहल गर्ने बताएका छन ।
कार्यक्रम वडा अध्यक्ष महेन्द्र महतो चाईको प्रमुख अतिथ्यमा भएको सरसफाई कार्यक्रममा पोखरिया नगरपालीकाको पुर्व मेयर दिपनारायण प्रसाद रोनियार उर्फ मन्टु रौनियार ,फेमस नेपाल सन्देश पत्रिकाका सँचालक पत्रकार शैलेश गुप्ता , प्रधानाध्यापक लालबाबु प्रसाद चौहान ,समाज सेवी मँगल साह कानु , नन्दकिसोर यादव,नन्दकिसोर प्रसाद चौहान,रहिम मिया ,जगदिश प्रसाद चौहान ,अब्दुल आलम, राजु चौहान,राजु रौनियार ,होदा मिया,लगायत गाउका युवा समाज सेवि बुद्धिजिवीहरु सहभागी थिए ।









