ओमानविरुद्ध नेपालले १५२ रनको लक्ष्य प्रस्तुत
वीरगञ्ज । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोटको सुपर ६ चरणमा नेपालले आयोजक ओमानलाई १५२ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो।
नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। त्यस्तै आसिफ शेखले २४ रन योगदान गरे भने गुलसन झाले १८ रन बनाए।
बलिङतर्फ ओमानका नदीम खानले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। सुफ्यान मेहमूद र जितेन रमनन्दीले समान २–२ विकेट हात पारे।









