काठमाडौं । नेपालले टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो ।
ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीम ओमान विश्वकपमा पुगेका हुन् । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।
यसअघि नेपालले २०२४ र सन् २०१४ को टी-२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपरेको थियो ।
सुपर–६ को बाँकी दुई खेलअघि शीर्ष स्थानको ओमान र दोस्रो स्थानको नेपालको ६–६ अंक छ। अब अर्को एक टोलीले मात्र ६ अंक जोड्न सक्ने भएपछि नेपाल र ओमान विश्वकपमा पुगेका हुन्
अब थप एक टीमको टुंगो लाग्न बाँकी छ ।
रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रोमा छ । अहिले हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिन सक्नेछ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ ।









