हेटौंडा, मकवानपुर । मकवानपुर जिल्ला संवाददाता प्रमोद राज सहनीले करिब एक वर्षदेखि एभिन्युज टेलिभिजनमा पारिश्रमिक नपाएको भन्दै सामाजिक सञ्जालमा पीडादायी स्टाटस लेखेका छन्।
साहनीका अनुसार दुई महिनासम्म नियमित काम गरेपछि तलब पाएका छैनन्। HR विभागमा पटक–पटक सम्पर्क गर्दा “म बाहिर आएको छु”, “म बिरामी छु” जस्ता आश्वासन मात्र पाएका उनले बताए।
दशैंअघि उनले CEO अजय ठाकुरसँग बारम्बार आग्रह गर्दा पनि जवाफ “हो जाएगा, मैं कर रहा हूं” मात्र पाइए। साहनीले भन्यो, “म आफ्नो श्रमको मात्र मूल्य खोज्दैछु, कुनै अनुग्रह होइन।”
हाल उनले नेपाल पत्रकार महासंघ मकवानपुर, नेपाल श्रमजीवी पत्रकार महासंघ र सम्बन्धित निकायसँग आफ्नो पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेका छन्।
साहनीले अन्त्यमा चेतावनी दिएका छन्, “यदि मेरो साथमा केही अनहोनी भयो भने, त्यसको जिम्मेवारी पूर्ण रूपमा एभिन्युज टेलिभिजनको हुनेछ।”









