२०८२ फाल्गुन १९ गते मंगलवार

पोखरिया नगरपालिकाद्वारा बाढीपीडितलाई राहत वितरण

 

शैलेश गुप्ता

पोखरिया । पर्साको पोखरिया नगरपालिका–५ सतवरियास्थित दलित बस्तीका ७५ जना बाढीपीडित परिवारहरूलाई राहत सामग्री वितरण गरिएको छ।

Advertiesment

अविरल वर्षाका कारण दुई दिनदेखि सतवरियास्थित दलित बस्ती पूर्ण रूपमा जलमग्न भई जनजीवन अस्तव्यस्त बनेको थियो। खुला आकाशमुनि रात बिताइरहेका बाढीपीडितहरूका लागि खान, बस्न र सुत्नका लागि आवश्यक चामल, दाल, नून, तेल, प्याज, आलु, सोयाबिन, तरकारी मसला र त्रिपाल लगायतका राहत सामग्री वितरण गरिएको हो।

पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युमन प्रसाद चौहान का अनुसार बाढीपीडितहरूलाई कुनै पनि किसिमको असुविधा भएमा वा थप सहयोग आवश्यक परेमा तत्काल उद्धार तथा राहतका लागि नगरपालिकाको टोली सधैं तयार रहने बताएका छन्। साथै, राहत कार्यमा कुनै पनि लापरवाही देखिए कडा कारबाही गरिने चेतावनी समेत उनले दिएका छन्।

Advertiesment

राहत वितरण कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष महेन्द्र महतो “चाई” को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य पन्नालाल राम, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, प्रशासन शाखा प्रमुख सञ्जय कुमार पाण्डेय, विपद् व्यवस्थापन शाखा प्रमुख राजेश पटेल, जिन्सी सहायक भगवान प्रसाद कानू, शिक्षा शाखा सहायक लालन पटेल, स्वास्थ्य शाखा सहायक शिव पटेल, नगर प्रहरी दीनानाथ चौरसिया र दिनेश चौहान, इलाका प्रहरी कार्यालय पोखरियाका प्रतिनिधि, शसस्त्र प्रहरी बेस क्याम्प गुल्म पोखरियाका प्रतिनिधि, साथै स्थानीय समाजसेवी र बुद्धिजीवीहरू — मंगल साह कानू, टायसन यादव, गाया साह कानू, लालबाबु प्रसाद चौहान, नन्दकिशोर प्रसाद चौहान लगायतको सक्रिय उपस्थितिमा राहत वितरण सम्पन्न गरिएको हो।

Advertisement
Advertisement

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM