पर्सा, असोज २०। पर्साको लंगडी–पोखरिया सडकखण्डमा पर्ने बसन्तपुर बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धोबिनी गाउँपालिका–२, भिखमपुरका करिब ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सोमबार राति करिब १०:३० बजे मधेस प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पोखरिया नगरपालिका–३, बसन्तपुरमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक कुर्मीलाई उपचारका लागि बाराको नौतनस्थित एल.एस. न्यूरो हस्पिटल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। परिवारजनका अनुसार, कुर्मीले सोमबार राति साथीको मोटरसाइकल मागी पेट्रोल लिन पोखरिया बजार जाने क्रममा दुर्घटनामा परेका हुन्।










