२०८२ फाल्गुन १९ गते मंगलवार

कोशी प्रदेश सरकारद्वारा बाढीपहिरो प्रभावित मोरङ, इलाम र झापामा राहत सामग्री

काठमाडौं । कोशी प्रदेश सरकारले मोरङ, इलाम र झापाका लागि राहत सामग्री पठाएको छ। सवारी साधन मार्फत राहत पुर्‍याउन सक्ने ठाउँमा ट्रक मार्फत राहत सामग्री पठाइएको आन्तरिक मामला तथा कानुन मन्त्रालय जानकारी दिएको छ।

प्रदेशका विपत् क्षेत्रमा निरन्तर सामग्री पठाइरहेको छ। मंगलबार बिहान इलाममा मुख्यमन्त्री हिक्मत कुमार कार्की आफै स्थलगत क्षेत्रको निरीक्षण गरी राहत सामग्री समेत लिएर गएका थिए ।

इलाममा सुरक्षा निकायको बैठक समेत राखेर फर्केका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको सामर्थले भ्याएसम्म सबैतिर राहत सामग्री पठाउन सुरु गरिएको बताए ।

कोशी प्रदेशमा यही असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण धेरै क्षति भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM