
अशोक यादव ।
रौतहट। रौतहटको राजपुर नगरपालिका–८ बलुवा गोठटोलका १० वर्षीय अरबाज मियाको नहरमा डुबेर मृत्यु भएको छ।
मृतक अरबाज मिया गोनवर मियाका छोरा हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार घर नजिकै रहेको लालबकैया नदीको नहरमा दिउँसो करिब २ बजे नुहाउने क्रममा उनी बेपत्ता भएका थिए।
खोजतलासका क्रममा करिब २:४० बजे उनलाई उद्धार गरी उपचारका लागि राजपुर फरहदवास्थित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। तर, स्वास्थ्यकर्मीले उनलाई मृत घोषित गरेका थिए।
