मनोज पटेल
पर्सा । छिपहरमाई गाउँपालिका–३, जयमङलापुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
वडा नं. ३ कार्यालयदेखि करिब १०० मिटर पश्चिमतर्फ, टिहुकी झलमहिया र भिस्वा जोड्ने पुल नजिकै बिहीबार राति भारतीय नम्बर प्लेटको Honda Shine मोटरसाइकल (BR AL 1273) पुलबाट तल खस्दा सो दुर्घटना भएको हो।
दुर्घटनामा परि छिपहरमाई–३ जयमङलापुर निवासी जवाहिर साहको ३२ वर्षीय छोरा प्रकाश साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाले पुष्टि गरेको छ।
घटनास्थलमा प्रहरी टोली पुगेको छ भने थप विवरण संकलन भइरहेको जनाइएको छ।









