२०८२ फाल्गुन १९ गते मंगलवार

जयमङ्गलापुरमा पुलबाट मोटरसाइकल खस्दा एकको मृत्यु

मनोज पटेल 

पर्सा।टिहुकी झलमहिया र भिस्वा जोड्ने सडकखण्ड अन्तर्गत वडा नं. ३ स्थित वडा कार्यालयको पश्चिमतर्फ करिब १०० मिटर दूरीमा रहेको पुलमा सोमबार राति एक रहस्यमय दुर्घटना भएको छ।

Advertiesment

भारतीय नम्बर प्लेट भएको Honda Shine मोटरसाइकल (BR AL 1273) उक्त पुलबाट तल पानीमा खसेको अवस्थामा फेला परेको हो। सो दुर्घटनामा परेर एक जना अज्ञात पुरुष व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

मृतकको नाम, ठेगाना र पहिचान हालसम्म खुल्न सकेको छैन। स्थानीय बासिन्दाका अनुसार घटनाको समयमा आसपासमा कोही पनि नभएको र मोटरसाइकल अनियन्त्रित भएर खसेको हुन सक्ने अनुमान गरिएको छ।

घटना लगत्तै बुडगाई प्रहरी चौकीका सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन् भने ईलाका प्रहरी कार्यालय, पोखरियाबाट थप टोली घटनास्थलतर्फ आउँदै गरेको जनाइएको छ।

Advertiesment
 Advertiesment

प्रहरी स्रोतका अनुसार घटनाको पूर्ण विवरण केही समयमै सार्वजनिक गरिनेछ। अहिले घटनास्थल सुरक्षित राखिएको छ र आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM