२०८२ फाल्गुन १९ गते मंगलवार

भारतीय पात कलाकार मधुरेन्द्रले नेपालका प्रधानमन्त्रीको तस्वीर बनाई दिए बधाई

बिरगंज । नेपालकी प्रधानमन्त्री सुशीला कार्कीको तस्वीर बनाई पात कलाकार मधुरेन्द्रले दिए अनौठो बधाई मोतिहारी २९ भदौ नेपालका सडकदेखि सदनसम्म मच्चिएको उथलपुथल थामिएपछि शुक्रबार राति युवाहरूको रोजाइमा परेकी सुशीला कार्कीले नेपालको अन्तरिम पहिलो महिला प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको छ। शनिबार सामाजिक सञ्जालमार्फत् यसको जानकारी पाए लगत्तै भारतीय पात कलाकार तथा अन्तर्राष्ट्रिय बालुवा कलाकार मधुरेन्द्रले ५ घण्टाको कठिन परिश्रमपछि विश्वकै सानो ५ सेमी हरियो पीपलको पातमा अत्यन्त सूक्ष्म र बारीक ढङ्गले सुशीला कार्कीको तस्वीर बनाई “First Woman PM of Nepal” भनेर लेखेका छन्। मधुरेन्द्रले आफ्नो अनौठो कलाकृति मार्फत् नवनियुक्त प्रधानमन्त्रीलाई हार्दिक बधाई दिएका छन्। उक्त तस्वीर सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ।

त्यस्तै, बालुवा कलाकार मधुरेन्द्रले सञ्चारमाध्यमलाई बताउँदै भने, “नेपाल सदियौँदेखि विश्व शान्तिको सन्देश दिइरहेको छ। सुशीला कार्की न्यायपालिकामा रहेर भ्रष्टाचारविरुद्ध कडा अडान र पारदर्शिताको पक्षमा आवाज उठाउने नेतृको रूपमा चिनिनुहुन्छ। हामी आशा गर्छौँ, नेपालमा अघिकै जस्तै अब पनि शान्ति र सौहार्द कायम रहोस्। उहाँलाई कलात्मक हार्दिक बधाई दिन चाहन्छु।” यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो सामाजिक सञ्जालमार्फत नेपालकी अन्तरिम सरकारकी प्रधानमन्त्रीको रूपमा पद ग्रहण गर्नुभएकी माननीय सुशीला कार्कीलाई हार्दिक शुभकामना दिएका छन्।

उनले लेखेका छन्—“नेपालका दाजुभाइ र दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिका लागि भारत पूर्णतः प्रतिबद्ध छ।” प्रधानमन्त्री मोदीले कार्कीलाई पठाएको बधाई सन्देशमा स्पष्ट पारेका छन् कि भारतले यस छिमेकी देशको विकास र शान्तिमा अहम भूमिका खेलिरहनेछ। साथै त्यहाँका जनताबीच शान्ति र सौहार्दको भावना कायम राख्न पनि भारतले अघिकै जस्तै योगदान पुर्याउनेछ। सो अवसरमा भारत र नेपाल दुवै देशका जनताले पनि कलाकार मधुरेन्द्रले पातमा कोरेको नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै आफ्नो खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM