२०८२ फाल्गुन २० गते बुधबार

सर्वोच्चकाे आदेशविरूद्ध जसपा नेपालद्वारा गौरमा प्रदर्शन

अशोक यादव

रौतहट । सर्वोच्च अदालतको आदेशविरूद्ध रौतहटको गौरमा जसपा नेपालले प्रदर्शन गरेको छ।

गौर हत्याकाण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारले फसाउन खोजेको भन्दै अहिले गौरमा जसपा नेपालले प्रदर्शन गरेको छ ।

जसपाको रौतहट जिल्ला कार्यसमितिले गौरको बिपी चौकमा टायर बालेर सरकार र अदालतको आदेशविरूद्ध प्रदर्शन गरेको हो । सरकारको इसारामा सर्वोच्च अदालतबाट गौर घटना छानबिन गर्न आदेश आएको प्रदर्शनकारीको भनाइ छ ।

Advertisement

घटनाको १९ वर्ष पछि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्याकाण्डको छानबिनको काम अघि बढाउन रौतहट प्रहरीलाई परमादेश दिएको हो ।

२०६३ साल चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM