२०८२ मंसिर २४ गते बुधबार

भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइयो

शैलेश गुप्ता

बीरगंज । मित्र राष्ट्र भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा बीरगंज स्थित रहेको भारतीय महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइयो ।

आज बिहान ०९:००  बजेको समयमा महावाणिज्य दूत देबी सहाय मीना ले झण्डोतोलन गरि कार्यक्रमको शुरुवात गरेका थिए । भन्ने भारतको राष्ट्रपति द्रौपदी मुर्मु द्वारा पठाईएको राष्ट्रको नाममा संदेश पढेर सुनाएका थिए सोही क्रममा बीरगंजमा संचालित विभिन्न विद्यालयहरुको विद्यार्थीहरु द्वारा देश भक्तिमा आधारित विभिन्न झाँकी लगायत सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका छन् ।

Advertisement

यस कार्यक्रममा बीरगंजमा रहेका विभिन्न सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका नेताहरु, खेलकुद तथा समाज कलयाण मन्त्रि मधेश प्रदेश मा० मन्त्रि प्रमोद जैसवाल , विरगन्ज का मेयर राजेशमान सिँह वीरगंजमा बसेर विभिन्न स्थानमा कार्यरत भारतिय वासीहरु, संचारकर्मीहरु लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरु पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM