दिपेन्द्र चौधरी सहनी
पर्सा । The Human Love Charity/Fund ले सञ्चालन गर्दै आएको सामाजिक सेवा अभियान ‘पाँच बिवाह, एक मिशन’ अन्तर्गतको पाँचौँ बिवाह शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। यस अभियान अन्तर्गत विपन्न तथा अभिभावकविहीन जोडीहरूको विवाह गराई उनीहरूको वैवाहिक जीवनको सुरुवात गराउने उद्देश्य रहेको छ।
विवाह कार्यक्रममा स्थानीय समुदाय, स्वयंसेवक, शुभेच्छुक तथा दाताहरूको सक्रिय उपस्थिति तथा योगदान रहेको थियो। संस्थाले विवाहका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन — लुगाफाटा, गरगहना, भोजन, स्थल सजावटदेखि लिएर कानुनी प्रक्रिया सम्म — आफ्नै पहलमा सम्पन्न गरेको हो।

संस्थाका पदाधिकारीहरूका अनुसार, यस्तो अभियानले समाजमा प्रेम, सहयोग र एकताका मूल्यलाई बलियो बनाउने मात्र नभई, असहायहरूको जीवनमा नयाँ सुरुवात गर्ने अवसर प्रदान गर्दछ।
आभार व्यक्त यस अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टिमका सदस्य, शुभेच्छुक, दाताहरू र सहयोगी हातहरूलाई संस्थाले हृदयदेखि धन्यवाद व्यक्त गरेको छ। “तपाईंहरूको माया, विश्वास र साथले नै हामीलाई यहाँसम्म ल्याएको हो,” संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ।
आगामी योजनाहरू संस्थाले आगामी दिनमा पनि यस्तै सेवामूलक कार्यमा निरन्तर प्रतिबद्ध रही, समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, विपन्न बालबालिका तथा वृद्धवृद्धाहरूको सहयोगमा समेत सक्रिय रहने योजना बनाएको छ।









