अशोक यादव
रौतहट । रौतहटको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा सिँचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ।
स्थानीय तुलसी मुखियाका करिब ४० वर्षीय छोरा रामबाबु मुखिया बुधबार बिहान पौने ८ बजे आफ्नै खेतमा मोटर जडान गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरको तार सञ्चालन गर्ने क्रममा अचानक करेन्ट लागेको हो। गम्भीर घाइते भएका मुखियालाई तत्कालै प्रादेशिक अस्पताल गौर लगिएको थियो।
तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताएका छन्।









