नरेशचन्द्र बरबरिया
सिरहा। मधेस क्षेत्रका प्रसिद्ध बाल ब्रहम्चारी युरिया बाबाको नौकेश (कपाल दान गर्ने धार्मिक अनुष्ठान) अवसरमा श्रद्धालु गाउँलेहरूले सामूहिक रूपमा कपाल काटेर बाबाप्रति आस्था जनाएका छन ।
स्थानीयहरूका अनुसार नौकेश विशेष पूजापाठ बाबाको शिक्षा , समाजमा योगदान लगायत सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेका कारण गाउँलेहरूले नौकेशलाई विशेष महत्त्वका साथ मनाएको ई. रामबाबुले बताएका छन ।

सिरहा नगरपालिका वडा नं. २० स्थित सिकाज्योती स्थित कुटिमा बस्दै आएका बाल ब्रह्मचारी त्यागी युरिया बाबा सोमबार ११८ वर्षको उमेरमा असार ३० गते निधन भएको थियो ।
दीर्घ समयदेखि तपस्या र साधनामा लागिरहनु भएका युरिया बाबा स्थानीय समुदायमा अत्यन्तै सम्मानित व्यक्तित्वका रूपमा चिनिन्थे। उहाँको निधनले गाउँलेहरू मर्माहित बनेका छन्।









