२०८२ मंसिर २४ गते बुधबार

रौतहटमा १४ वर्षीय बालकको करेन्ट लागेर मृत्यु

अशोक यादब

रौतहट। रौतहटको मौलापुरमा धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक १४ वर्षीय बालकको ज्यान गएको छ। मौलापुर नगरपालिका–८, सोनरनियामा सोमबार बिहान करिब १४ वर्षीय नरेन्द्र पटेलको मृत्यु भएको हो।

Advertisement

धान खेतमा पानी हाल्न प्रयोग गरिएको विद्युतीय मोटरमा करेन्ट सर्ट हुँदा पटेललाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल स्थानीय अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनले ज्यान गुमाएका मौलापुर नगरपालिकाका मेयर रिना साहले पुष्टि गरिन्।

यस घटनाले खेतमा प्रयोग हुने विद्युतीय उपकरणको सुरक्षाको विषय फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ। स्थानीयले घटनापछि सावधानी अपनाउन र सुरक्षाका मापदण्डहरू पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM