२०८२ मंसिर २४ गते बुधबार

७० दिने ढाँका कपडा बुनाई तालिम सम्पन्न

जीवन राज देवकोटा 

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका सदरमुकाम मान्ममा सञ्चालन गरिएको ७० दिने आधारभूत ढाँका कपडा बुनाई तालिम सम्पन्न भएको छ ।

‎सिप विकास तालिम तथा रोजगार विकास तालिमको समापन कार्यक्रम सनिवार सम्पन्न भएको हो । समापन समारोहमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कालिकोटका प्रमुख श्रीबहादुर विष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाहीको प्रमुख आतिथ्यता र विशेष अतिथिमा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावल,सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा,अतिथि नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट,जिल्ला समन्वय समितिका प्रवक्ता अजय बम,उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाही लगायतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

‎७० दिने आधारभूत ढाँका कपडा बुनाई तालिम कार्यक्रम समापनकाे अवसरमा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख श्रीबहादुर विष्टले तालिममा प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न र केवल प्रमाणपत्रसम्म सीमित नराख्न सुझाव समेत दिनुभयो । सहभागीहरूले आफूले सिकेको कुरालाई आत्मसात गरी व्यावहारिक रूपमा प्रयोग गर्न समेत सुझाव दिनुभएको छ ।

Advertisement


‎जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहीले तालिममा प्राप्त सिपलाई आत्मनिर्भरता र रोजगारीको माध्यम बनाउँदै आगामी दिनमा व्यवसायिक क्षेत्रमा समेत योगदान दिन सकिने बताउनु भयो ।

‎नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले कार्यक्रममा कालिकोट जिल्लामा लुकेका कला र सिपलाई प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटलाई धन्यवाद दिदै प्रशिक्षार्थीलाई सिकेको सिपलाई व्यवहारमा ल्याउन सुझाव दिनुभएको हाे ।

‎७० दिने आधारभूत ढाँका कपडा बुनाई समापन कार्यक्रममा प्रशिक्षक काैशिला कुमारी बारघरे, कर्मचारी सुरेन्द्र शाही,कटक बुढा,लाल बहादुर बुढा,पत्रकार जीवन राज देवकोटा,किरण अधिकारी,प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM