२०८२ फाल्गुन १९ गते मंगलवार

मेयर जयसवालद्वारा गरुडा नगरकी छात्राहरुलाई साइकल वितरण

अशोक यादव

रौतहट — रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाका नगरप्रमुख कन्तमुनि जयसवालले श्री नमुना माध्यमिक विद्यालय, गरुडामा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेका छन्। बिहीबार आयोजित विशेष कार्यक्रममा कक्षा ८ मा अध्ययनरत २२ जना अतिगरिब, विपन्न र जेहेन्दार छात्राहरुलाई साइकल वितरण गरिएको हो।

मेयर जयसवालका अनुसार, विद्यालयमा दैनिक रूपमा पैदलै आवत-जावत गर्नुपर्ने भएकाले छात्राहरूको पठनपाठनमा कठिनाइ भइरहेको थियो। त्यसैले शिक्षामा सहजता ल्याउने, विद्यार्थीको आत्मविश्वास बढाउने र नियमित उपस्थितिमा सहयोग पुर्‍याउने उद्देश्यले साइकल वितरण गरिएको हो।

“साइकल वितरण कार्यक्रमले छात्राहरूमा पढाइप्रति जागरूकता बढाउनुका साथै शिक्षा क्षेत्रमा पहुँच, गुणस्तर र अवसरको सुनिश्चितताका लागि थप योगदान पुर्‍याउने छ,” मेयर जयसवालले बताए।

उनका अनुसार, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शिक्षामा जोड्न यस्ता कार्यक्रम नगरभरिका विभिन्न विद्यालयहरूमा निरन्तर गर्दै आइरहेका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक/शिक्षिका, विद्यार्थीहरू तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM