२०८२ मंसिर २४ गते बुधबार

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

अशोक यादव

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

स्थानीय ३० वर्षीय रोहित साह सोनार बिहान करिब ७:१५ बजे आफ्नै खेतमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

Advertisement

घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो।

गम्भीर घाइते अवस्थामा रहेका रोहितलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैया बारा लगिएको थियो।
तर उपचारकै क्रममा बिहान ८:०० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM