२०८२ फाल्गुन २० गते बुधबार

१०८ शक्तिपीठमा जल चढाउने संकल्पसहित मन्त्री साहू वीरगञ्जमा

शैलेश गुप्ता, १३ असार,

वीरगञ्ज । भारतको मध्यप्रदेश सरकारका मन्त्री रविकरण साहूले आफ्नो जीवनमा विश्वका १०८ देशका शक्तिपीठहरूमा पुगेर मातासँग सम्बन्धित मन्दिरमा जल चढाउने संकल्प लिएको बताएका छन्।

शुक्रबार वीरगञ्जमा आयोजित गह्वामाई रथयात्रामा सहभागी भई मन्त्री साहूले पत्रकारहरूसँगको कुराकानीमा भने– “अहिले सम्म ७ वटा देशका प्रमुख शक्तिपीठहरूमा माताको दर्शन गरी जल चढाइसकेको छु। आगामी दिनमा बाँकी देशहरूमा समेत माताका मन्दिरमा खाली खुट्टा गई दर्शन गर्ने अठोट लिएको छु।”

Advertisement

तीन वर्षदेखि चप्पल वा जुत्ता नलगाउने मन्त्री साहूले संसद भवनदेखि मन्त्रीपरिषद्कको बैठकसम्म समेत खाली खुट्टा जाने गरेको बताएका छन्। “म आस्थामा विश्वास राख्छु, माताको दर्शनमा सच्चा भक्ति चाहिन्छ, त्यसैले जुनसुकै ठाउँमा मेरो यात्रा होस्, म खाली खुट्टा नै जाने गर्छु।”

नेपाल–भारतको धार्मिक पर्यटन प्रवर्द्धनमा आफू निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै मन्त्री साहूले “दुई देशबीचको सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने मेरो प्रतिबद्धता छ” भने।

Advertisement
Advertisement

राजनीतिक विषयमा पत्रकारहरूको प्रश्नमा उनले भनिन्– “भारतमा लोकतान्त्रिक प्रणाली सुदृढ छ र नेपालमा पनि लोकतन्त्रको संरक्षण हुनुपर्छ। नेपालमा पुनः राजतन्त्र फर्किन सक्दैन भन्ने हाम्रो दृढ विश्वास छ, भारतीय जनता पार्टी पनि लोकतन्त्रकै पक्षधर हो।”

उनको धार्मिक आस्था र सामाजिक संकल्पले नेपालमा धार्मिक पर्यटनका नयाँ अवसरहरू समेत सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM