२०८२ फाल्गुन २० गते बुधबार

रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको ज्यान गयो

अशोक यादव, असार ११ 
रौतहटको चन्द्रपुर नगरपालिका–१०, निबुवा टोलमा मंगलबार साँझ सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय गरिमा साहका एक वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह रहेका छन्। उनीहरू खेल्ने क्रममा साँझ पौने ८ बजेतिर स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए।

घटनापछि तत्काल उद्धार गरी चन्द्रपुरस्थित सरकारी अस्पतालमा पुर्‍याइए पनि डाक्टरले उनीहरूलाई राति ८:१५ बजे मृत घोषणा गरेका थिए, जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM