२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटमा यात्रुबाहक बस पल्टिँदा १० जना सामान्य घाइते

अशोक यादव
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस पल्टिँदा १० जना यात्रु सामान्य रूपमा घाइते भएका छन्। दुर्घटना सोमबार बिहान करिब ४:३० बजे भएको हो।

काठमाडौँबाट महोत्तरीको भिठ्ठामोडतर्फ गइरहेको बा.प्र.०१–००६ ख ५२१६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ७ फिट दक्षिण साइडमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो।

( advertisement )

दुर्घटनाका बेला बसमा करिब २५ जना यात्रु सवार थिए। घाइते १० जनाको अवस्था सामान्य रहेको र उनीहरूको उपचार चन्द्रपुर अस्पताल प्रा.लि.मा भइरहेको प्रहरीले जनाएको छ। बाँकी १५ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।

Advertisement

प्रहरीका अनुसार तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो भन्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, घटनाको थप अनुसन्धान भइरहेको छ। दुर्घटनापछि बस चालक फरार रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM