अशोक यादव
रौतहट । रौतहटको गरूडा नगरपालिकाको १३ औं नगरसभा तथा ९ बजेट अधिवेशन सम्पन्न भएको छ ।
सरकारले तोके अनुसार सबै पालिकाले असार मसान्त भित्रमा नगरपरिषद सम्पन्न गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार गरूडा नगरपालिकाले आज शुक्रबार आफना एघारौ नगरसभाद्धारा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गरूडा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६९ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
गरूडा नगरपालिकाको निर्माणधिन प्रशासकीय भवन गरूडा काे नगर प्रमुख कन्थमनि जयसवालको अध्यक्षतामा सम्पन्न भएको नगरपालिकाको एघारौ नगरसभाले आर्थिक वर्ष २०८२/०८३ मा नगरको समग्र विकासका लागि ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
आर्थिक वर्ष २०८२/००८२/३ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख जयसवालले बताए ।
संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, शशर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरिएको नगर प्रमुख कन्थमनि जयसवालले बताएका छन ।
शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए ।
यसका अलावा समावेशीकरण, गरिबी निवारण तथा कला, संस्कृति, खेलकुद, पूर्वाधार विकास, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम, संस्थागत विकास तथा सुशासनसम्बन्धी नीति तथा कार्यक्रमलगायतमा आवश्यक बजेट तथा योजनाहरू सञ्चालन गरिने मेयर जयसवालले उल्लेख गरेका छन् ।

सभामा बोल्दै नगर प्रमुख कन्थमनि जयसवालले सिमित स्रोतसाधनको बावजुद केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको बताए ।
तीन वर्षको अवधिमा नगरले विकासको क्षेत्रमा फड्को मार्न सकेको बताउँदै उनले नगरमा सञ्चालन अवस्थामा रहेको र अब सञ्चालन हुने विकास निर्माणका काम बारे जानकारी दिएका थिए ।
भौतिकसँगै रोजगारी सिर्जना, महिला विकास, शिक्षा, स्वास्थ्य जस्ता विषयमा नगरले उल्लेखनिय काम गर्न सकेको उनले बताए । सबैको साथ, सहयोग रहेमा अाफनाे नगरलाई गरूडा नगर स्वच्छ शहर भन्ने बनाउने छु । आफना कार्यकाल भित्रमा गरूडा नगरलाई एक विकसित र समृद्ध नगर बनाउने कल्पना सहित आफु अगाडि बढेकोले आफनाे अवधीमा यस नगरलाई नमुना नगरको रुपमा विकास गरेर छाडने उनले प्रतिवद्धता जनाए ।









