अशोक यादब
राैतहट । राैतहटकाे गरुडा नगरपालिकाले कृषक सिचाइ विद्युत मिटर महसुल बुझाएकाे छ । राैतहटकाे गरुडा नगरपालिका वडा नं. १ देखि ८ सम्मका कृषकहरुका लागि जडान गरिएका कृषि सिँचाइ विद्युत मिटरहरूको बिल रकम नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रलाई बुझाइ सकिएको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले जानकारी दिनु भयाे ।
साेही क्रममा विहिबार पुनः साेही नगरकाे वडा नं. ९, रघुनाथपुर क्षेत्रका कृषकहरूका लागि बाँकी रहेको विद्युत बिल नेपाल विद्युत प्राधिकरण, चन्द्रपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवलाई चेक हस्तान्तरण गरी भुक्तानी प्रक्रिया सम्पन्न गरिएको नगरपालिकाले जनाएकाे छ । कृषकलाई सिँचाइमा सहुलियत दिने हाम्रो प्रतिबद्धता अब व्यवहारमा परिणत भएको नगर प्रमुख जयसवालकाे भनाई रहेकाे छ ।गरुडा नगरपालिकाको कृषि केन्द्रित नीतिहरूले अब विकासको जग बलियो बनाउँदै लाने समेत नगरपालिकाले जनाएकाे छ









