एजाज अंसारी
पर्सा। हिजो परेको भीषण चट्याङका कारण पर्सा जिल्लाको एक अति विपन्न परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आकस्मिक रूपमा भएको यस घटनाले पीडित परिवारलाई सम्पूर्ण रूपमा विस्थापित बनाएको छ।
घटना भएको थाहा पाउनासाथ “The Human Love Charity Fund” का स्वयंसेवक टोली घटनास्थलमा पुगेर आवश्यक राहत सामग्री वितरण गरेका छन्। राहतस्वरूप लत्ताकपडा, दैनिक उपभोग्य रासनका सामग्री तथा ताजा तरकारी उपलब्ध गराइएको जनाइएको छ।
“The Human Love Charity Fund” का प्रतिनिधिहरूले जानकारी दिँदै भने, “यस्तो विपद्को बेला सबैको सानो सहयोग पनि पीडित परिवारका लागि ठूलो सहारा बन्न सक्छ। हामी सबैलाई सामूहिक रूपमा हातेमालो गर्दै पुनःस्थापनामा सहयोग गर्न अपिल गर्दछौं।”









