अशोक यादव
रौतहट । रौतहटको गरुडा नगरपालिका–१, जयनगरका एक वृद्धको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ६५ वर्षीय सियाराम वनिया आफ्नै घरअगाडि बाँधिएको बाख्रा खोल्ने क्रममा अचानक चट्याङको चपेटामा परेका थिए।
घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।
तर, उपचारको क्रममा बिहान करिब १०:०० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।










