कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका सदरमुकाम मान्ममा सञ्चालन गरिएको ९० दिने आधारभूत बेसिक कम्प्युटर तालिम सम्पन्न भएको छ ।

सिप विकास तालिम तथा रोजगार विकास तालिमको समापन कार्यक्रम बिहीबार सम्पन्न भएको हो । समापन समारोहमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कालिकोटका प्रमुख श्रीबहादुर विष्टको अध्यक्षता तथा खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
९० दिने आधारभूत बेसिक कम्प्युटर समापन कार्यक्रममा प्रशिक्षक विपना पाण्डे, कर्मचारी सुरेन्द्र शाही,कटक बुढा, पत्रकार कमल कुमाल,तपेन्द्र बराल,प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो ।

९० दिने आधारभूत कम्प्युटर तालिम कार्यक्रम समापनकाे अवसरमा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख श्रीबहादुर विष्टले तालिममा प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न र केवल प्रमाणपत्रसम्म सीमित नराख्न सुझाव समेत दिनुभयो । सहभागीहरूले आफूले सिकेको कुरालाई आत्मसात गरी व्यावहारिक रूपमा प्रयोग गर्न समेत सुझाव दिनुभएको छ ।

खाँडाचक्र नगरपालिका नगर उपप्रमुख गणेश बहादुर शाहीले तालिममा प्राप्त सिपलाई आत्मनिर्भरता र रोजगारीको माध्यम बनाउँदै आगामी दिनमा व्यवसायिक क्षेत्रमा समेत योगदान दिन सकिने बताउनु भयो ।

तालिममा विभिन्न पालिकाबाट सहभागि विद्यार्थिहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्दै डाईनामिक मल्टि टेन्निकल टेङ्गिङ सेन्टर कालिकोटका संचालन जिवन राज देवकोटाले अहिलेको प्रविधि युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाएको बताए । देवकोटाले भने जिल्लाका नाैं वटै पालिकालाई शिक्षा क्षेत्रमा सुघार ल्याउनको लागी युवा लक्षीत,गरिबी तथा विपन्न परिवारकालाई शिक्षा क्षेत्रमा केही टेक्नीकल सिपहरु सिकाउन शिक्षामा सक्ष्म बनाउन यस्तो कार्यक्रम सुरु गर्नुपर्ने बताउदै उज्जल भविष्यको कामना सहित शुभकामना व्यक्त गर्नुभएको हाे ।









