२०८२ मंसिर २४ गते बुधबार

लालबकैया नदीमा जालीबोर्डको शिलान्यास: मटिअर्वा गाउँको समस्या समाधानतर्फ पहल

रौतहट । बौधिमाइ नगरपालिका–३, मटिअर्वा गाउँको उतरतर्फ बहने लालबकैया नदीमा जालीबोर्ड निर्माणका लागि शिलान्यास गरिएको छ। सो शिलान्यास बौधिमाइ–३ का वडा सभापति तथा समाजसेवी नमोनारायण कुशवाहाको अगुवाइमा सम्पन्न भएको हो।

स्थानीय जनताको दीर्घकालीन समस्या बुझ्दै, नदीजन्य बाढी र कटानबाट गाउँलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले शिलान्यास गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल, उर्फ जितेन्द्र यादवको विशेष पहलमा काम सुरु भएको छ ।

शिलान्यास कार्यक्रममा बौधिमाइ नगरपालिका भित्रका युवा नेता प्रमोद कुशवाहा, स्थानीय समाजसेवी, पत्रकार तथा गाउँका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सभापति कुशवाहाले भने, “यो जालीबोर्ड निर्माण केवल संरचनात्मक विकास मात्र नभई मटिअर्वा गाउँको सुरक्षासँग प्रत्यक्ष सरोकार राख्दछ। यसले यहाँका किसान, घरपरिवार र भविष्यलाई आश्वस्त बनाउनेछ।”

Advertisement

स्थानीय बासिन्दाहरूले यो कार्यलाई स्वागत गर्दै सरकार र जनप्रतिनिधिहरूको प्रयासप्रति आभार प्रकट गरेका छन्। जालीबोर्ड निर्माणपछिको चरणमा थप नदी नियन्त्रण र गाउँको पूर्वाधार विकासको मागसमेत अघि सारिएको छ।

Advertisement

यो आयोजनाबाट मटिअर्वा गाउँ मात्र होइन, वरपरका बस्तीहरूमा पनि दीर्घकालीन राहत र संरक्षणको अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM