निता चौधरी
तुलसीपुर, २२ जेठ । दाङको तुलसीपुरमा करेन्ट लागेर एकजना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सल्यानको शिद्धकुमाख गाउँपालिका–१ घर भई अहिले तुलसीपुर–६ गुम्राहचोक नजिकै रहेको जय श्री मनकामना ग्रिल उद्योगमा कार्यरत ३६ बर्षीय गोबिन्द वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरको हात्तिखौवा नजिकै रहेको हिरो सोरुमको ग्यारेज बनाउने क्रममा आज बिहान ११ बजेको समयमा ग्रिल मेसिनबाट उहाँको दाँया हातमा करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाइते भएका वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी आइसियुमा राखी उपचार गर्नुपर्ने भएकाले तुलसीपुरमै रहेको राप्ती लाइफ केयर हस्पिटलमा रिफर गरिएको छ । घाइतेको अवस्था बेहास रहेको सुचना अधिकारी रानाले जानकारी दिनुभयो ।।









