अशोक यादव
सर्लाही । नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले आज बुधबार विज्ञप्ति जारी गर्दै सर्लाहिमा अपराधी बचाउन स्थानीय प्रहरी प्रशासन नै लागेको आरोप लगाएका छन ।
नेपाली काङ्ग्रेस मधेस प्रदेश उपसभापति एवं मधेश प्रदेश नेपाली काँग्रेस संसदिय दलका उपनेता मा. विरेन्द्र प्रसाद सिंह, सर्लाही रामनगर गाउँगालिकाका अध्यक्षका प्रत्याशी हरिनन्दन प्रसाद यादव लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई लक्षित गरी राजनितिक प्रतिशोध साधनका लागि पछिल्लो केहि दिन यता देखी अपराधी प्रवृतीका व्यक्तिहरुले कुटपिट, गाडी तोडफोड तथा ज्यान लिने सम्मको काम गर्दै आईरकेकोले घटना प्रति घोर निन्दा एवं भर्त्सना गर्दछु । यसरी अपराधी समुहहरुले सृखलावद्ध रुपमा नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरु माथी ज्यान लिने सम्मको आक्रमण गर्ने गरेको घटनाले हामीलाई गम्भिर एवं चिन्तित बनाएको छ । आक्रमण गर्ने व्यक्तिहरुको पहिचान भई सक्दा समेत पनि प्रहरी प्रशासनले ति अपराधीहरुलाई कानुनी दायरामा ल्याउन नसक्नुले हामीलाई शंका उबजाएको छ । अपराधीहरुलाई बचाउनका निमित स्थानीय प्रहरी प्रशासनले देखाएको भूमिका प्रति खेद प्रकट गर्दछु । कानुनी राज्यमा कानुनको नै पालना नगर्ने प्रहरी प्रशासनलाई समेत कार्यवाहीको दायरामा ल्याउन मांग गर्दछु । सर्लाही जिल्लामा शान्ति सुरक्षाको भरपूर्ण व्यवस्था मिलाउन एवं नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सुरक्षाको प्रत्याभुती गराउन गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराउदै नागरिकको जिवन रक्षाको लागि गृह प्रशासनलाई सम्वेदन सिल बन्न आग्रह गर्दछु । घटनामा संलग्न भएकाहरुलाई चाडो भन्दा चाडो पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछु। हाम्रा नेता तथा कार्यकर्ताहरु माथी पटक पटक भई रहेको संघातिक आक्रमण आफुहरुलाई सहय नहुने र घटनामा संलग्नहरुलाई कार्यवाहीको दयारामा नल्याए सम्म नेपाली काँग्रेस मधेश प्रदेश समिति शान्ति सुरक्षा कायम गराउन, न्याय स्थापित गराउनका लागि कडा भन्दा कडा आन्दोलनको कार्यक्रमहरु तय गरी अगाडी बढन बाध्य हुनेछौं । साथै आन्दोलनबाट सृजित सम्पूर्ण घटनाको जिम्मेवारी स्वयम प्रहरी प्रशासनले नै जिम्मा लिने जानकारी गराउदछौं ।

केही दिन अगाडि मात्रै नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यालयका सचिव निरज कार्की र क्षेत्र नं. ४ क्षेत्रीय कार्यालयका सभापति राम आश्रय साहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस्ता घटनाको घोर भर्त्सना गरेका छन्। उनीहरूले तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याई आम जनतालाई त्रासमुक्त बनाउन, शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गरे नेपाली काग्रेश मधेस प्रदेश सूचना तथा संचार बिभागका सचीव निकेश त्रिपाठीले बताए ।










