निता चौधरी
तुलसीपुर, २१ जेठ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–९ रानिजरुवा निवासी गोमा पुनका ६ बर्षीय छोरा उत्तम पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार रानिजरुवाबाट बसपार्कतर्फ जाँदै गरेको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलले रानिजरुवा नजिकै पैदल हिडिरहेको अवस्थामा आज दिउँसो साढे ४ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका बालकलाई सिटि हस्पिटल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्जस्थित नर्सीङहोममा रिफर गरिएको छ । मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी १८ बर्षीय साजन थापा फरार रहेको र मोटरसाइकल नियन्त्रणमा लिएर उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।।









