२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटको भषेडवा मा नवविवाहित महिलाको हत्या, श्रीमान फरार

अशाेक यादब , जेठ २१ गते ।

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर १ भषेडवा मा एक नवविवाहित महिलाको शव घरमा मृत अवस्थामा फेला परेको छ । उक्त घटना मंगलाबार घटेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । परिवारका सदस्यहरूले मिलेर हत्या गरेको माईती पक्षले जनाएको छ ।

Advertisement
Advertisement

विजयपुर नगरपालिका–९, बडहरवा निवासी स्व. रामनारायण यादवकी छोरी आल्का यादवको हत्या भएको छ । घटना पछि श्रीमान् अन्दाजी २६ वर्षीय अंकेश यादव फरार रहेका छन भने ससुरा पुकार राय यादव प्रहरीको हिरासतमा रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई बिनोध राना मगरले जानकारी दिनु भयो ।

पीडित आल्का विवाहपछि कटहरिया–१, भसेरवामा श्रीमानको घरमा बस्दै आएकी थिइन्। मंगलनार बेलुकी करिब ७ बजेको समयमा उनीमाथि कुटपिट गरी घाटी थिचेर हत्या गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या पछि शवलाई पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ। यस घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोश फैलिएको छ।

प्रहरीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। महिलामाथिको हिंसा र घरेलु मुद्दामा यो घटना एउटा जघन्य उदाहरण बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM