पर्सा । प्रतिनिधि सभाको आगामी निर्वाचन आउन केही समय बाँकी रहँदै निर्वाचन र सम्भावित उम्मेदवारबारे चर्चा र बहस हुन थालेको छ। यही माहोलबीच युवा व्यवसायी रुपेश कुमार पाण्डेको उम्मेदवारी तयारीको चर्चा व्यापक बन्दै गएको छ। स्थानीयस्तरमा सक्रियता, स्पष्ट भिजन र व्यवहारिक योजनाका आधारमा पाण्डे जनताबीच लोकप्रिय हुँदै गएका छन्।
पाण्डेले ‘मिशन ८४’ अभियानसहित देश दौडमा लागिरहँदा पाण्डेय पनि जनताको माझमा भिज्दै गएका छन्। नागरिकस्तरबाट नै उनलाई २०८४ मा हुने निर्वाचनबाट सांसद बनेर विकासका काममा आउनुपर्ने दवाव दिइरहेका छन्।
नेताहरूको देश दौड तीव्र भइरहेका बेला पाण्डे भने पर्सा–३ भित्रका गाउँ, बजार र बस्तीमा जनसंवादमै केन्द्रित छन्। क्षेत्रका जनताको अपेक्षा, समस्या र सुझाव सुन्ने क्रममा उनी चुनावी प्रतिस्पर्धाका लागि आफूलाई प्रस्तुत गरिरहेका छन्।
चिया पसलदेखि गल्लीसम्म पाण्डेयप्रतिको समर्थन सांसदकै रूपमा भइरहेको देखिन्छ। युवावर्गदेखि बुद्धिजीवी समुदायसम्म पाण्डेयप्रति बढ्दो आशा र समर्थन बाँक्लिँदै गएको छ।
स्थानीय विकासको विस्तृत एजेन्डासहित मैदानमा:
रुपेश पाण्डेले पोखरिया, पकाहाँ, महुवन, श्रीपुर लगायत क्षेत्रका बजारहरूलाई व्यवस्थित र आधुनिक बनाउने योजना अघि सारेका छन्। धार्मिक स्थलको संरक्षण तथा प्रवर्द्धनका लागि राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
पोखरिया बजारको विकासलाई विशेष प्राथमिकता दिँदै उनी भन्छन्, “अबको पोखरिया पुरानै स्वरूपमा होइन, व्यवस्थित र आधुनिक हुनु जरुरी छ।” कृषिमा प्रविधिकरण, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, मठमन्दिरको संरक्षणजस्ता विषयलाई उनले चुनावी मुद्दा बनाउँदै आएका छन्।
कृषिमा प्रविधिको प्रयोग, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, मठमन्दिरको संरक्षण, युवाका लागि रोजगारी सृजना, पूर्वाधार विकासलगायत विषयमा स्पष्ट भिजनसहित अघि बढिरहेका पाण्डे भन्छन्, “अबको आवश्यकता नारावादी राजनीति होइन, योजनावद्ध र परिणाममुखी नेतृत्व हो।”
विगतमा जनताबाट भोट लिएर सत्तामा पुगेपछि पार्टी र आफ्ना नजिकका मानिसलाई मात्रै प्राथमिकता दिने नेताको प्रवृत्तिबाट नागरिक आजित भएको पाण्डेले बताए।
पाण्डेले पर्सा–३ भित्र पर्ने ७ वटा स्थानीय तह र ३५ वटा वडालाई आर्थिक, सामाजिक र पूर्वाधारको दृष्टिकोणबाट समुन्नत बनाउन दीर्घकालीन योजना बनाइसकेको जनाएका छन्।










