नरेशचन्द्र बरबरिया
सिरहा, जेठ १७ गते। आर्थिक अभावका कारण छोरीको विवाह गर्न नसकेका सिरहा नगरपालिका–११ भलुवाहीका एक गरिब परिवारलाई खाडी मुलुक कतारमा रहेको एक युवाले सहयोग गरेका छन ।
सिरहा नपा-११ भलुवाही बस्ने अजोध कामतीको आर्थिक अवस्था कम्जोर देखेर समाजसेवी अर्जि कामतले छोरीको विवाह खर्चस्वरूप ५१ हजार रुपैयाँ नगद राशि प्रदान गरि सहयोग गरेका हुन्।
यही १९ गते छोरीको बिहे रहेकोले सहयोग प्राप्त भएको रकमले निकै सहयोग भएकोले वुवा कामतीले सहयोगी दातालाई धन्यवाद दिएका छन ।
मानव सेवा नै वास्तविक धर्म हो’ भन्ने सोचका साथ कतारको दोहामा पसिना बगाई रहेका कामतले विगतदेखि नै समाजका अति विपन्न, असहाय, दलित तथा गरिब वर्गका व्यक्तिहरूलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आएको सुनिल कामतीले बताएका छन्। यो भन्दा अगाडि पनि विभिन्न किसिमको सहयोग गर्दै आएकोले भोलीको दिनमा यस कामलाई निरन्तरता दिने कामतीले जानकारी दिएका छन ।
समाजसेवाको भावनाले प्रेरित कामतको सहयोगले पीडित परिवारहरूले राहत महसुस गरेका छन्।









