२०८२ मंसिर २ गते मंगलवार

गणतन्त्र दिवसको अवसरमा सिरहा–१७ मा आँखा तथा कान जाँच शिविर

नरेशचन्द्र बरबरिया

सिरहा जेठ १६ गते । — गणतन्त्र दिवसको अवसरमा सिरहा नगरपालिका–१७ र नेपाल रजक जनकल्याण समितिको संयुक्त आयोजनामा आधारभूत विद्यालय, पटेर्वामा एकदिने आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ।
शिविरमा करिब २०० जना स्थानीय वडावासीले स्वास्थ्य परीक्षण सेवा लिएका छन्। विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखा र कानसम्बन्धी प्रारम्भिक परीक्षण तथा आवश्यक सल्लाह–परामर्श प्रदान गरेका थिए।
सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको यस निःशुल्क शिविरबाट विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्गका नागरिकहरू लाभान्वित भएका छन्।सिरहा नगरपालिका-१७ का वडा अध्यक्ष उमेश प्रसाद यादवको विशेष पहलमा उक्त कार्यक्रम संचालन भएको हो ।
स्थानीय बासिन्दाहरूले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति जागरूकता बढाउने भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका छन्।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM