२०८२ मंसिर २ गते मंगलवार

परोहा नगरपालिकामा चुल्होसहितको ग्यास सिलिन्डर वितरण

मेवालाल यादव

रौतहट । जिल्लाको परोहा नगरपालिकाले धुवाँमुक्त अभियानअन्तर्गत आजदेखि ग्यास चुल्होसहित ग्यास सिलिन्डर वितरण सुरु गरेको छ । आठौँ नगर सभा बाट पारित नीति कार्यक्रम अनुसार प्रत्येक घर परिवारलाई ग्यास चुल्हो सेट वितरण गर्ने कार्यक्रमअन्तर्गत चुल्होसहितको सिलिन्डर वितरण गर्न लागिएको हो ।

परोहा नगरपालिका– ४ मा रहेको प्रहरी चौकीको प्रांगणमा बिहिवार औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगरप्रमुख शेख वकिलले चुल्होसहितको सिलिन्डर वितरणको शुभारम्भ गरेका छन् । पहिलो दिन परोहा नगरपालिका वडा नम्बर -९ रामपुरखापको स्थानीयलाई चुल्होसहितको ग्यास सिलिन्डर वितरण गरिएको छ ।

सो वडाका बिहिवार ७ सय परिवारलाई ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज आलमले जानकारी दिए । ग्यास चुल्हो वितरण कार्यक्रममा नगर उपप्रमुख सुगान्धी देवी, निर्वाचित वडाध्यक्ष, नगर पालिकाको कर्मचारी, मेयर प्रत्याशी पवन पटेल , सुरक्षाकर्मी , स्थानीय भलादमीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM