शैलेश गुप्ता
पोखरिया,पर्सा।भारतका महावाणिज्य दूतावास, वीरगन्ज र पोखरिया नगरपालिकाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ पोखरियामा भव्य रूपमा सम्पन्न गरिएको छ।
नगरपालिका–४ स्थित जिल्ला उच्च माध्यामिक विद्यालय रामदेव कलवार उच्च मा.वि.को प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, युवा, महिला, विद्यार्थी, शिक्षक, कर्मचारी र सञ्चारकर्मीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा भारतका महावाणिज्य दूत श्री देवीसहाय मिणा, वाणिज्यदूत श्री अजय जैन, वाणिज्यदूत श्री मनिष कुमार दास, पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान, वडा अध्यक्ष प्रमोद गिरी, लक्ष्मण साह कानु, प्रमनन्द प्रसाद पटेल, नौसाद आलम, राधा साह कानु, पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह, दिनेश प्रसाद चौहान, ओमप्रकाश रौनियार, भगवान प्रसाद कुर्मी, श्रीकिशुन प्रसाद चौहान लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा योग प्रशिक्षक धिरेन्द्र कुमार सिंहले सहभागीहरूलाई योग अभ्यास गराएका थिए। कार्यक्रममा योगको महत्व र यसको दैनिक जीवनमा प्रयोगबारे समेत जानकारी दिइएको थियो।









