बाजुरा , जेष्ठ ७ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ का मनलाल सार्की मुर्ति बनाएर घर खर्च धान्ने गरेको छ । पहिला गाउँमा बसेर करिब आठ वर्ष जति विभिन्न किसिमका देवताका काठको मुर्ति बनाउने र देवतालाई चढाउने गरिन्थ्यो । अहिले धुलाचौर बजारमा बसेर सिमेन्ट लगायत सामाग्री प्रयोग गरेर मुर्ति बनाउने गरेको मनलाल सार्कीले बताए । “अहिलेसम्म आफु संग स्रोतसाधन कुनै नभएर हातले बनाउदै आएको छु ।
” ‘गाउँमा एक जना वृद्ध बाजे भेठ्नु भयो, बाजेले के भन्नु भयो भने, मुर्ति नभएको ठाउँ रहिछ, मन्दिर मात्र रहिछन् ।’ वृद्ध बाजेको कुरा आफुलाई त्यो कुरा मनमा गयो । त्यसपछि देवी देउता मनमा पसि सकेपछि, मुर्ति बनाउने भन्ने लाग्यो, त्यसपछि मुर्ति बनाउन सुरु गरिएको हो । आजभोलि अरु खेतीपाती केही दिमागमा आउदैन मुर्ति बनाउने ध्यान मात्र आउने र राति पनि त्यही सपना देख्न थालेको उनको भनाइ छ । सुरुवात काठको मुर्ति १०/१२ वटा बनाएको हो । मुर्ति बनाउदै देवतालाई चढाउने गरेको थिए । अहिले सिमेन्ट लगायत सामाग्री प्रयोग गरेर मुर्ति बनाउने लागेको छु । आफ्नै स्रोतसाधन प्रयोग गरेर मुर्ति जस्तो त्यस्तै बनाउदै पहिलो देवतालाई नि:शुल्क चढाउने गरेको थिए । अहिले मुर्ति पेसा एकदमै राम्रो हुँदै गएपछि अडर अनुसार मात्र मुर्ति बनाउने गरिन्छ । अहिलेसम्म १५/२० वटा मुर्ति बनाइसकेको छु । धेरै जस्तो आफ्नो सामाग्री प्रयोग गरेर बनाउने गरेको छ । थोरैमात्र बनाउने सामाग्री दिने गरेका छन ।
कम्तीमा एक मुर्ति राम्रो बनाउन एक महिना जति समय लाग्ने गरेको छ । मुर्ति बनाउदा सुरुमा आम्दानी भएन, अहिले सामान्य घर खर्च देखि बालबच्चा पढाउन सजिलो भएको छ । मुर्तिले फल दिन्छ भनेर मुर्ति पेशा तिर लागेको उनको भनाइ छ । मुर्ति बनाएर जीवन निर्वाह गर्न सकिन्छ भन्ने ढुक्क रहेको उनलेे बताए । सरिया, सिमेन्ट, बालुवा र गिट्टी लगायत सामाग्री प्रयोग गरेर मुर्ति बनाउने गरिन्छ । मुर्ति बनाउदा कम समय लाग्छ , त्यसको रंग रोगन लगाउदा धेरै समय लाग्ने गरेको छ । जस्तोसुकै भगवान फोटो देख्ने साथ त्यस्तै फोटो अनुसार मुर्ति उतार्न सकिन्छ । महादेव, चारधाम, लाटो लगायत गाउँ तिर मान्ने गरेका विभिन्न देवी देउताको मुर्ति बनाएका छन ।
मुर्ति बनाउने तालिम संघ संस्था अथवा स्थानीय सरकारले गरिदिए भए धेरै राम्रो बनाउन सकिन्थ्यो भन्ने लागेको सार्कीले बताए । स्थानीय सरकारले सहयोग गर्छौ भनेका छन, सहयोग खासै पाएको छैन । आफ्नो मुर्ति बनाउने स्रोतसाधन अभाव छ, त्यसको सहयोग गरिदियो हुन्थ्यो । अहिले जस्तो फोटो देख्यो त्यस्तै मुर्ति उतार्न पाए हुन्थ्यो उनको भनाइ छ । मेहनत अनुसार परिश्रमको फल पाइन्छ भन्ने ढुक्क भएर मुर्ति पेशामा लागेको सार्कीले बताए । पछिल्लो समय मुर्ति बनाएको पैसा आउने माध्यम भएपछि खेतीपाती र घरको काम भन्दा मुर्ति बनाउने पेशागत तिर बढी महत्त्व मान्ने गरिन्छ ।









